• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

महिला भलिबल लिग : मधेश युनाइटेडले भित्र्यायो नेदरल्याण्ड्सकी डानिक आर्डेमा

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ५, बिहीबार १२:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेदरल्याण्ड्सकी डानिक आर्डेमा एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडबाट खेल्ने भएकी छन् । नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी आर्डेमालाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।

    इन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुने खेलम मधेश टिममा निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद र स्नेहा ठगुन्ना रहेका छन् ।

    यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्सकै आउट साईड हिटर रोमी भिनस्ट्रासँग सम्झौता गरेको थियो । आर्डेमा नुभवी सेटर हुन् जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन् ।

    आर्डेमाले आफ्नो करियरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका क्लबहरूमा खेलेर अनुभव समेटेकी छन् । सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल पनि भइन्।

    एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा आर्डेमाले आफु निकै हर्षित भएको बताएकी छन्।

    मधेश युनाईटेडलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनको लक्ष्य रहेको छ ।

    Post Views: 275
    • एभरेष्ट महिला भलिबल लिग
    • डानिक आर्डेमा
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    २०८२ सालको खेलकुदलाई फर्केर हेर्दा
    शोतोकान करातेको स्तर अभिवृद्धि गर्ने उद्देश्य : टेक्निकल सेमिनार तथा ग्रेडिङ कार्यक्रम
    नेपालले ओमानलाई दियो जितका लागि १५२ रनको लक्ष्य
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.