• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

सुबोधले थाले लिसंखुपाखरबाट घरदैलो

  •  नेपाल सन्दर्भ
  • २०८२ फाल्गुन ४, सोमबार १६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक– सिन्धुपाल्चोक-१ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले आज लिसंखुपाखर गाउँपालिकाको पाखर बजारबाट औपचारिक रूपमा मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरुवात गरेका छन् ।

    चौतारामा हिजो प्रतिबद्धता पत्र सार्वजनिक गरेका सिन्धुपाल्चोक हजारौं नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा मतदाताहरूले पाखर बजारमा उनलाई भव्य स्वागत गर्दै जितको शुभकामना दिए । तामाङ बाहुल्य क्षेत्र लिसंखुपाखर तारामय बनेको थियो । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पनि उनीलाई शुभकामना दिन लिसंखुपाखर पुगेका थिए ।

    पाखर बजारबाट सुरु भएको अभियानमा तारामय झण्डासहितको विशाल जुलुस निकालिएको थियो । स्थानीय बासिन्दा, युवा, महिला, विद्यार्थी र पार्टी कार्यकर्ताहरूले डम्फु झ्याली, झाँकी र नाराहरूका साथ उनलाई स्वागत गरेका थिए । र्‍यालीमा सहभागीहरूले ‘सुबोधलाई जिताउन तारामा मतदान गर्न आग्रह गरेका थिए ।

    अभियानमा निर्वाचन परिचालन संयोजक केशव नेपाल, बागमती प्रदेशसभा सदस्य द्वय सरल सहयात्री र अमृता नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निम्फुन्जो शेर्पा, पूर्व सांसद सिंहबहादुर बिक लगायतका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो ।

    ठूलो पाखरमा आयोजित कोणसभामा उमेदवार सापकोटाले अघिल्लो अधुरो कार्यकालमा गरेका काम र नयाँ प्रतिबद्धता प्रस्तुत गरेका थिए । अघिल्लो ३३ महिनाको सांसद कार्यकालमा गरेको विकास निर्माण, जनताका समस्या समाधान र विभिन्न योजनाहरूबारे विस्तृत जानकारी गराएका उनले अधुरा रहेका आयोजनाहरू पूरा गर्न पूर्ण कार्यकालको अवसर दिन मतदातासँग आग्रह गरे ।

    “जनताको विश्वास र माया नै मेरो शक्ति हो । मैले सुरु गरेका कामहरूलाई टुङ्गोमा पुर्‍याउन र नयाँ प्रतिबद्धताहरू पूरा गर्न तपाईंहरूको मत आवश्यक छ,” उनले भने । उनले स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि र रोजगारी जस्ता क्षेत्रमा नयाँ योजनाहरूबारे पनि सुनाए ।

    जनताको सुझाव संकलन

    अभियानको मुख्य उद्देश्य मतदाता भेटघाट मात्र नभई स्थानीय जनताका सुझाव र समस्या संकलन गर्नु पनि रहेको उनले बताए । पाखर बजार, आसपासका टोल र गाउँहरूमा पुगेर सापकोटाले स्थानीयसँग प्रत्यक्ष कुराकानी गरेका थिए । महिला, युवा, किसान र ज्येष्ठ नागरिकहरूबाट आएका सुझावहरूलाई उनले टिपेका थिए ।

    यो अभियानले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेकपाको पक्षमा ठूलो जनलहर सिर्जना गरेको छ । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सुबोध युवा, इमानदार र परिश्रमी युवा नेता भएकोले क्षेत्रको विकासमा ठूलो योगदान दिन विश्वास दिलाए । बाह्रबिसेका पूर्वमेयर शेर्पाले सुबोधलाई जिताउन आग्रह गरे ।

    Post Views: 545
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.