• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सुबोधलाई जिताउन नेकपा प्रवेशको लहर

  •  नेपाल सन्दर्भ
  • २०८२ माघ २६, सोमबार ०७:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा जनलहर व्यापक बन्दै गएको छ। युवा, बौद्धिक, तार्किक तथा भूगोलमा भिजेका, देश–विदेशमा चिनिएका लोकप्रिय उम्मेदवार माधव सापकोटा ‘सुबोध’लाई जिताउन भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।

    आइतबार उम्मेदवार सापकोटा सहितको टोली जुगल गाउँपालिका वडा नं. ४ पोटलडाँडा पाङताङमा बुथ कमिटी बैठक तथा उम्मेदवार–मतदाता भेटघाट कार्यक्रममा पुगेको थियो। भव्य रूपमा सम्पन्न कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनबाट २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यका प्रत्याशी गोविन्द गुभाजु, एमाले जुगल गाउँपालिका–४ वडा कमिटी सचिव हरि भुजेल लगायत दर्जनौँ नागरिक नेकपामा प्रवेश गरेका छन्।

    नवप्रवेशीहरूले संसदमा सिन्धुपाल्चोकको आवाज बुलन्द बनाएको, भुइँमान्छेको पक्षमा निरन्तर आवाज उठाएको, तातोपानी नाका खोल्न तथा जुगल हिमाल आरोहण खुलाउन मुख्य भूमिका खेलेको, बलेफी–जलविरे–तेम्बाथान सडकलाई फराकिलो तथा स्तरोन्नति गर्दै दुई वर्षभित्र जुगल हिमाल बेसक्याम्पमा एकैदिन पुग्ने लक्ष्यसहित काम अघि बढाएको दूरदर्शी युवा नेतालाई जिताएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    नवप्रवेशी सबैलाई नेकपाका उम्मेदवार एवं पूर्व सांसद माधव सापकोटा ‘सुबोध’ले स्वागत गर्दै पार्टीमा समाहित भएकोमा धन्यवाद व्यक्त गरे। उनले फागुन २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गर्न अपिल गरे। सापकोटा विकासमुखी सोच, सरल स्वभाव र परिणाममुखी नेतृत्वका कारण जनतामाझ लोकप्रिय मानिन्छन्। स्थानीय मुद्दालाई राष्ट्रिय एजेन्डासँग जोड्ने क्षमताका कारण उनलाई सिन्धुपाल्चोकको भरोसायोग्य युवा नेताका रूपमा हेरिएको छ।

    Post Views: 883
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.