काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक-२ का उम्मेदवार युवराज दुलाल शरदले फागुन २१ गते हुने निर्वाचनमा आफुले सहज ढंगले जित निकाल्ने बताए ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको २ नम्बर प्रतिनिधि सभा स्तरीय उम्मेदवार परिचयात्मक तथा मतदाता भेटघाट कार्यक्रममा दुलालले यस्तो बताएका हुन् ।
`चुनाव जित्ने कुरा मलाई कुनै ठूलो लागेको छैन´ दुलालले भने `ठूलो कुरा त यो लागेको छ वर्षाैंदेखि जनप्रतिनिधिहरूले काम नगरेर जनतालाई दिएको निराशालाई आशामा परिणत गर्नुछ ।´
`सिन्धुपाल्चोक-२ का जुनसुकै पार्टीका मान्छेले पनि एक भोट युवराज दुलाललाई दिने बताइरहेका छन्´ दुलालले भने `यो कुराले मलाई खुशी पनि लागेको छ र यो कुरा मेरा लागि चुनौती पनि हो ।´
जनताको दुःख, पीडा र आवश्यकतालाई बुझ्ने नेतृत्व आवश्यक रहेको बताए ।

`राजनीति पद र प्रतिष्ठाका लागि होइन, जनताको सेवा र समाज रूपान्तरणका लागि हुनुपर्छ´ उनलेे भने । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
नेकपाका समानुपातिक उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङ पनि कार्यक्रममा सहभागी भएका थिए ।





