काठमाडौँ- कहिले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा एउटा गीत भाइरल छ-‘पहिलो हाँसो पहिलो बोल’ । टिकटकमा तहल्का पिटिरहेको उक्त सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ कल्लेरीका आदित्य श्रेष्ठले गाएका हुन् ।
गायन क्षेत्रमा संघर्षशिल श्रेष्ठको यो गीत नसुन्ने कमै छन् । अझ भनौँ उक्त गीतमा टिकटक नबनाउनेको संख्या कमै मात्रामा छ ।
गीतमार्फत उनले दर्शक तथा श्रोताबाट उल्लेखनीय माया र समर्थन प्राप्त गरिरहेका छन् ।
पहिलो हाँसो पहिलो बोल सबै याद छ
हिजोका बाचा आजको शून्यता साथ छ ।
उनले गीतमा भने जस्तै प्रेम गर्ने जोडीहरूले सुरूमा एउटा बाचा गरेका हुन्छन् । पछि उक्त प्रेम टुट्दै गएपछि आफ्नो साथमा शून्यता मात्रै साथमा हुन्छ भन्न खोजेका छन् गीतमा ।
गायक श्रेष्ठले यसअघि पनि थुप्रै गीतहरू गाएका थिए, तर ती गीतहरूले अपेक्षित सफलता प्राप्त गर्न सकेका थिएनन् । तर यस गीतले भने उनको संगीत यात्रामा नयाँ उचाइ दिलाएको अनुभूति उनले गरिरहेका छन्।
उनका अनुसार, ‘पहिलो हासो पहिलो बोल’ गीत पहिले नै रेकर्ड भइसकेको भए पनि आर्थिक अभावका कारण यसको सार्वजनिक गर्न केही ढिलाइ भएको थियो। अन्ततः करिब पाँच दिनअघि यो गीत Ayan Shrestha युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
उक्त गीत युट्युबमा दर्शकले १० लाख बढी पटक हेरिसकेका छन् ।





