• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन ३१, शुक्रबार १०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कमलामाई (सिन्धुली)- जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुइँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

    गोलञ्जोर गाउँपालिका–४ का जुनार कृषक लोकबहादुर आलेमगरले बिक्रीका लागि बजार पठाउने बेला पछिल्ला दिनमा कुहिएर भुइँमा झरेको दुःखेसो गरे । उनले भने, “बिक्रीका लागि बजार पठाउने बेला समस्या भएको छ । पहिला यस्तो भएको थिएन । खै, यस्तो के रोग लाग्यो ? रोगको पहिचान गरी समस्या समाधान गरिदिन सरकारसँग हाम्रो आग्रह छ ।”

    कृषकको आग्रहअनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाई, सिन्धुली र गोलञ्जोर गाउँपालिका कृषि विकास शाखाको संयुक्त टोलीले असोज २८ गते जुनार पकेट क्षेत्र आलेगाउँ, माझकुभिण्डे र मालिङ्गे क्षेत्रका १५ जना कृषकका जुनार बगैँचाको स्थलगत अवलोकन तथा कृषकसँग अन्तरक्रिया गरेको थियो ।

    अवलोकनका क्रममा जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुइँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर झरेको देखिएको छ । अवलोकन गरिएका स्थानमध्ये आलेगाउँ क्षेत्रमा रोगको प्रकोप सबैभन्दा बढी देखिएको छ ।

    शाखा प्रमुख चौधरीले भने, “हामीले जुनार बगैँचामा देखिएको रोगबारे अनुसन्धान गर्न सम्बन्धित निकायसँग सहयोग माग गरेका छौँ । कृषकले बगैँचा सफा राख्नुपर्छ, झरेका फल तुरुन्त सङ्कलन गरी खाल्डोमा पुर्नुपर्छ भनेका छौँ ।”

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइ प्रमुख यामकुमार श्रेष्ठले प्रारम्भिक विश्लेषण गर्दा ढुसीजन्य रोग हुनसक्ने अनुमान गरिएको बताए । रोगको थप अनुसन्धान र पुष्टि गर्न फलको नमुना बुधबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको उनले बताए ।

    गोलञ्जोरका केही क्षेत्रका जुनार बगैँचामा रोग देखिन थाले पनि अन्यत्र भने विगतका वर्षमा देखिका रोगसमेत नियन्त्रण हुँदै गएको एकाइ प्रमुख श्रेष्ठले बताए ।

    जुनार उत्पादनका लागि गोलञ्जोर गाउँपालिकालाई मुख्य केन्द्र मानिन्छ । पालिकाका छ वडामा जुनारको व्यावसायिक उत्पादन भइरहेको छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यात हुँदै आएको छ ।

    “गोलञ्जोरको भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ”, गाउँपालिका प्रमुख शङ्कर राज बरालले भने, ‘‘प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले उत्पादनमा असर पुर्‍याइरहेको छ । रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेका छौँ ।”

    जुनारमा देखिने रोग नियन्त्रण गर्न सरकारी तबरबाट प्रयास नै नभएको होइन, तर हाल भएका प्रयास र जुनार प्रवर्द्धनका लागि आवश्यक व्यवस्थापन अपुग भएको स्थानीय जुनार किसान बताउँछन् ।

    कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तलाखेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् । जिल्लामा बर्सेनि रु ५२ करोड बराबरको जुनार र सुन्तला बिक्री हुने गरेको बताइन्छ ।

    Post Views: 193
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.