• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मुस्ताङमा फूलफूलखेती सिक्दै १४ जिल्लाका किसान

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन २९, बुधबार ११:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुस्ताङ- फूलफूलखेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’सम्बन्धी तीनदिने सिकाइ कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका १८ किसान यहाँ आएका हुन् ।

    घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूत तथा तरकारी उत्पादन तथा जिल्लाभित्र र बाहिरका किसानका लागि महत्त्वपूर्ण कृषि पाठशालाका रूपमा स्थापित हुँदै आएको छ । केन्द्रको आयोजनामा सहभागी किसानलाई कृषिसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन थालिएको हो ।

    केन्द्रले बर्सेनि जिल्ला बाहिर र जिल्लाभित्रका किसानको प्रतिनिधित्व रहनेगरी यसप्रकारको फूलफूल तथा नर्सरी व्यवस्थापनसम्बन्धी अभ्यास तालिम सञ्चालन गर्ने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

    यस वर्ष पनि पूर्वको सङ्खुवासभादेखि सुदूरपश्चिमको दार्चुलासम्मका किसान सहभागी छन् । म्याग्दीबाट तीन, बाग्लुङबाट दुई, सल्यानबाट दुई र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुमपश्चिम, गोरखा, सङ्खुवासभा र रसुवाका एक एक किसान तालिममा सहभागी छन् ।

    केन्द्रमा भएका कृषि प्रविधिको हस्तान्तरणका साथै जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक चिनारी पस्किँदै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने केन्द्रको लक्ष्य रहेको प्रमुख आत्रेयले बताए । गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापनसम्बन्धी सिकाइ तालिम र प्रसारणका विविधिकरणका बारेमा सहभागीलाई जानकारी गराइनेछ । साथै किसानलाई केन्द्रमा अवस्थित विभिन्न फलफूल तथा तरकारी बगैँचा ब्लकको अवलोकन गराइने छ ।

    Post Views: 230
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.