• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

डेंगु सङ्क्रमणको जोखिम कम हुँदै

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन २३, बिहीबार १०:१६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- केही दिन अघिको परेको अबिरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले दसैँपछि परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताए ।

    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

    “पछिल्लो वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएको छ,” उनले भने, “जाडो पनि सुरु हुन थालेको छ । त्यसैले अब डेङ्गी सङ्क्रमणको सम्भावना कम रहेको छ ।”

    कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले सङ्क्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरे । उनका अनुसार अहिलेसम्म पाँच हजार ५४२ जनामा सङ्क्रमण देखिएकामा दसैँको बीचमा १९० जनामा सङ्क्रमण देखिएको छ ।

    उनले डोल्पा र मनाङ जिल्लाबाहेक सबैमा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको निधन भइसकेको छ । कोशी प्रदेशमा ७८५, मधेश प्रदेशमा ११९, बागमती प्रदेशमा एक हजार ३१४, गण्डकी प्रदेशमा एक हजार ३५६ जना, लुम्बिनी प्रदेशमा ९७३ जना, कर्णाली प्रदेशमा ३२८ र सुदूरपश्चिम प्रदेशमा ६६७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

    डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ ।

    Post Views: 226
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.