काठमाडौँ- इलामको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला परेको छ ।
बेपत्ता भएका गुरूङको ऊनको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको हो ।





