• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

हुकुर्थुम गाउँका ४३ घरमा खानेपानीको पहुँच

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन २१, मंगलवार १२:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    ढोरपाटन (बागलुङ)- बागलुङको बडिगाड गाउँपालिका–२ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ । बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट हुकुर्थमका ४३ घरमा धारा निर्माण गरिएको हो ।

    सो संस्थाको रु १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको रु चार लाख ७२ हजार र जनश्रमदान छ लाख चार हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाइ आयोजनाका अध्यक्ष केशबहादुर कुमालले जानकारी दिए । यस अगाडि स्थानीयले गाउँमा रहेको पाँच वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ ।

    सीमित धाराबाट सिङ्गो गाउँले पानी उपभोग गर्दा निकै समस्या भोग्नु परेको भन्दै घर–घरमा धारा बनेपछि स्थानीयको दैनिकी नै फरिन थालेको अध्यक्ष कुमालले बताए । एक घर, एक धारा बनेपछि एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको उनको भनाइ छ ।

    अध्यक्ष कुमालले भने, “वर्षौँदेखि गाउँमा खानेपानीको समस्या थियो, यस वर्ष बल्ल समाधान भयो, घरको आँगनमै खानेपानी झर्न थालेपछि हामीहरुलाई धेरै सहज भएको छ, पहिले सरसफाइ गर्न, वस्तुभाउलाई खुवाउन साह्रै समस्या हुन्थ्यो, अब त करेसाबारीमा तरकारी खेती गर्न पनि सकिने भयो, घण्टौँ लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भयो ।”

    नेवा संस्थाका कार्यक्रम अधिकृत विनोद कोइरालाले व्यक्तिगत र सार्वजनिक गरि ४५ धारा निर्माण गरेको जानकारी दिनुभयो । हुकुर्थुममा दुई किलोमिटर टाढा रहेको मरुवाईझ्याल मुहानबाट पाइप लाइनमार्फत पानी लिएर एक घर, एक धारा निर्माण गरेको उनको भनाइ छ । गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेका र समाधानका लागि माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर धारा निर्माण गरेको अधिकृत कोइरालाले बताए ।

    Post Views: 192
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.