• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

नेतृत्व छाड्न पनि तयार प्रचण्ड

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन ९, बिहीबार १३:५१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर प्रचार गरिएजस्तो आफूमा पदलोलूपता नभएको बताएका छन् ।

    राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

    प्रचण्डले भने, ‘आज जे देखिँदैछ, त्यसलाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको छ । यस्तो अवस्थामा आन्दोलनलाई सुदृढ बनुउन विशेष महाधिवेशनसम्म जानुपर्ने देखिएको छ ।’

    नेतृत्व हस्तान्तरणबारे निरन्तर छलफल हुँदै आएको उल्लेख गर्दै आफूदलाई पदमा बसिराख्नुपर्छ भन्ने नलाग्ने बताए । उनले भने, ‘नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा म छु। जबरजस्ती पदमा टाँसिने मान्छे म होइन ।’

    उनले भने, ‘केही मान्छेहरूले भनेजस्तो मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन । नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनैपर्छ । जेन जी आन्दोलनको भावना लगतै निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे मैले सार्वजनिक रूपमा अपिल गरिसकेको छु।’

    ‘यो विषम परिस्थितिमा पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पन्छिने, पलायन हुने, देश र जनतालाई धोका दिने भने पक्कै छैन। म नेतृत्वमा आउदा पनि बल गरेर आको होइन, अहिले पनि हुनैपर्छ भन्ने छैन। पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीप्रति आभार प्रकट गर्दछु’ उनले भने ।

    ‘जेन–जी आन्दोलनका मागप्रति समर्थन गरेको र राज्यदमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावना अनुसार नै पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरि यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जानेछ’ उनले भने ।

    उनका अनुसार जेनजी आन्दोलनपछि शीर्ष नेताहरूले पनि नेतृत्व हस्तान्तरणबारे प्रश्न उठाइरहेका छन् । संविधान दिवसका अवसरमा दिएको सन्देशमा समेत प्रचण्डले प्रक्रियागत ढंगले निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरेको बताइएको छ ।

    Post Views: 336
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.