काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् ।
सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।
जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।





