काठमाडौँ- नेपालमा जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरूको स्मृतिमा रसियामा रहेका नेपालीहरूले दीप प्रज्वलन गरेका छन् ।
आइतबार साँझ रसियामा रहेका नेपालीहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन् ।
हामीलाई यहाँको सरकारले सडकमा दीप प्रज्वलन गर्न नदिएपछि कोठाभित्रै गरिएको रसियामा रहेका सिन्धुपाल्चोकका शोवित देउजाले नेपाल सन्दर्भलाई बताए ।
उनका अनुसार उक्त कार्यक्रमा रसियामा रहेका नेपाली रसियन सैनिक, भूपु सैनिकलगायत अन्यहरूको सहभागी रहेको उनले बताए ।
आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरिएको देउजाले बताए ।
गत सोमबार र मंगलबार देशभर फैलिएको जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् भने करिब २०० जना अझै उपचाररत छन् ।












