• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र २०, शुक्रबार ०८:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    महोत्तरी- महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।

    नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले बस्तीबस्तीमा सञ्चालन गरेको जाँच अभियानमा यसपालि एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका हुन् । नगरपालिकाका १४ वटा वडामध्ये यो रोगले वडा नं ८ लाई बढी प्रभावित गरेको पाइएको स्वास्थ्य शाखाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानले जानकारी दिए । वडा नं ८ को हाथीलेटका टोलबस्तीमा यसपालि २२ जना नयाँ क्षयरोगी पहिचान गरिएका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

    बर्दिबास नगरपालिका–७ र ११ मा गरी केही दिनअघिमात्र तीन जनाको मृत्यु भएपछि यहाँ सघन जाँच (स्क्रिनिङ) अभियान सुरु गरिएको हो । यसपालि सबैभन्दा बढी क्षयरोगी पहिचान गरिएको बर्दिबास–८ मा सञ्चालित शिविरमा अत्याधुनिक प्रविधिबाट नयाँ एक सय २३ जनाको खकार, रगत परीक्षण गरिएको छ ।

    जसमा २८ जनामा क्षयरोगको सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । थप जाँचबाट यसको एकिन हुने नगर स्वास्थ्य शाखाले जनाएको छ । शङ्कास्पद २८ जनाको खकार, रगत जाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको छ । शिविर बागमती सेवा समाज र नगर स्वास्थ्य शाखा बर्दिबासले संयुक्त रूपमा चलाएका हुन् ।

    क्षयरोगी बढी पहिचान भएका हाथीलेटमा मगर, तामाङ जाति समुदायको सघन बसोबासका बस्ती छन् । यहाँ घरेलु मदिराको अत्यधिक सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभावले क्षयरोगी बढेका हुनसक्ने स्वास्थ्यकर्मीको आकलन छ ।

    सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने सङ्कल्प लिएको छ । पहिलेका क्षयरोगीको उपचार गर्दै जाँदा रोग निको भए पनि नयाँ थपिने सङ्ख्या डरलाग्दो देखिएपछि सरकारको सङ्कल्प पूरा गर्ने पक्ष झन् चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मी नै बताउँछन् । शिविरको आयोजनाले रोग पहिचान गर्न सहयोग पुगेको हुँदा उपचार समयमै पाउने स्थिति बन्नु भने सकारात्मक भएको यहाँका बुद्धिजीवीको मत छ । रासस

    Post Views: 229
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.