• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

पर्यटक भित्र्याउन नसकेको ‘इको म्युजियम’

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १९, बिहीबार ०७:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुस्ताङ- यहाँको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको हो ।

    सुरुआती चरणमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो । दुई तल भवनमा सञ्चालनमा रहेको यो म्युजियम विसं २०७२ को भूकम्पले क्षति तुल्याएको थियो । त्यसपछि सात वर्षसम्म म्युजियम बन्द भयो । पुनःनिर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गर्‍यो । गाउँपालिकाले भौतिक संरचनालाई पुनः निर्माण गरेको थियो ।

    तत्पश्चात् गाउँपालिकाले पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई नै वार्षिक ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको छ । हाल संस्थाले दुई जना कर्मचारी राखेर म्युजियम सञ्चालन गरिरहेको त्यहाँ कार्यरत नारायणी गुरुङले जानकारी दिए । उचित व्यवस्थापनको अभावमा स्थापनाको २८ वर्ष पुग्दा म्युजियम ओझेलमा पर्न थालेको उनको भनाइ छ ।

    व्यवस्थापन र आवश्यक प्रचार प्रसारको अभावमा अपेक्षा गरिएअनुरुप पर्यटक भित्र्याउन नसकिएको धेरैको गुनासो छ। बर्सेनि वैशाख, जेठ, असोज र कात्तिक महिनामा भने यहाँ आउनेको सङ्ख्या केही बढ्ने गरेको गुरुङले बताए ।

    “केही प्रयास नभएका होइनन्, म्युजियमको विशेषता झल्काउने ‘ब्रोसर’ निर्माण गरी पर्यटन व्यवसायीलाई वितरण गरिएको छ ।

    विभिन्न खोजअनुन्धानकर्ताका लागि उपयोग हुने खालका सामग्रीहरू व्यवस्थित गरिएका छन् । म्युजियमभित्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विशेषता झल्काउने सामग्रीहरु राखिएका छन्”, गुरुङले भने,“यहाँको कृषि, पर्यटन, जैविक विविधतासँगै प्राकृतिक जडीबुटी, खनिज तथा वनस्पति, शालग्राम शिला, लाइब्रेरी, वेशभूषा र फोटो ग्यालरी राखिएका छन् । अब यसको व्यापक प्रचारको खाँचो छ ।”

    यसैगरी, यहाँ मुस्ताङको प्राचीन धर्मसंस्कृति झल्काउनेदेखि एकाइ कावागुचीका तस्बिर तथा अभिलेख सङ्ग्रहित गरिएका छन् । एउटै छातामा समग्र मुस्ताङ जिल्लाको विषयवस्तु थाहा पाउन सकिने भएकाले यहाँको इको म्युजियम मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि आभदायी हुने स्थानीयहरू बताउँछन् ।

    आवश्यक प्रचार प्रसार गर्न सके मुक्तिनाथ दर्शन गर्न आउने र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरू इको म्युजियम हेर्न आउने अवस्था बन्ने छ ।

    पछिल्लो समय पुथाङ विमानस्थल नजिक दक्षिण÷पश्चिमको १६ रोपनी भिरालो स्थामा रहेको यस इको म्युजियमसम्म जान गाउँपालिकाले रेलिङसहितको सिँढी, बाटो र स्वागत गेट निर्माण गरेको छ । म्युजियमको परिसरमा स्याउलगायत सल्ला, धूपीका बिरुवा रोपण गरिएका छन् । पुथाङ विमानस्थलबाट पैदलै १० मिनेटमा पुग्न सकिने अवस्था छ । रासस

    Post Views: 203
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.