• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

कर्णाली यशभिसबाट ‘एभरेस्ट महिला भलिबल लिग’ खेल्ने ३ महिला खेलाडी नेपाल आइपुगे

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १७, मंगलवार १२:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन् ।

    सोमबार काठमाडौं ओर्लिएका उनीहरू आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन् । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी ‘इभान्जेलिया चान्टाभा’ सोमबार विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिइन् भने ब्राजिलियन खेलाडी द्धय ‘आना फ्लाभिया’ र ‘मायरा भिटोरिया’ पनि सोमबार साँझ नेपाल आइपुगिन् ।

    सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन् ।

    खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौं अवार्ड समेत पाइसकेकी छन्। आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो। सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन्। स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् ।

    मायरा भिटोरिया पनि अनुभवी खेलाडीभित्र पर्दछिन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको र कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने दाबी पेश गरे ।

    Post Views: 301
    • एभरेष्ट महिला भलिबल लिग
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.