काठमाडौँ- सुडानको पश्चिमी क्षेत्रमा पहिरोमा पुरिएर एक हजार जनाको मृत्यु भएको छ । पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा गएको पहिरोमा पुरिएर मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ ।
‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या एक हजारभन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





