• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १७, मंगलवार ०९:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी (बेनी)- जिल्ला सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगङ्गा गाउँपालिका-२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका-६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन् ।

    शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

    “दुवै जनाले बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किए पनि आफ्नो कोठामा नपुगेको र मोबाइल फोन समेत एकैसाथ बन्द (स्विचअफ) भएपछि आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले भने ।

    बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यका आधारमा रिजालद्वय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटोतर्फ मोडिएको देखिएको उनले बताए । उक्त मोटरसाइकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानका आधारमा खोजीकार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

    सूचना अधिकारी पौडेलका अनुसार रिजालद्वयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरू सम्पर्कविहीन भएको समयमा अविरल वर्षा भइरहेको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानका आधारमा सोमबारदेखि नदी किनारमा खोजी सुरु गरिएको छ ।

    मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको बताउँदै उनले रातिको समय भएकाले प्रत्यक्षदर्शीसमेत नभएकाले बेपत्ता भएका दुवै जनाको अवस्थाबारे यकीन गर्न कठिनाइ भएको उल्लेख गरे ।

    सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाको आफन्तहरूको टोलीले नदी किनारमा खोजी गरे पनि दुवै युवासँगै उनीहरू सवार मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको नसकेको पैडेलले जानकारी दिए ।

    Post Views: 150
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.