• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १४, शनिबार १५:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    त्रिवेणी (नवलपरासी)- परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको खेलको संरक्षण साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोले बताए ।

    थारू समुदायको संस्कृति र परम्परासँग जोडिएको भोदी खेल पछिल्ला वर्षमा खेल्ने क्रम घट्दै गएपछि संरक्षणको अभियान स्वरूप प्रतियोगिता आयोजना गरिएको हो । भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउन सकियो भने यो केवल खेल मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्ने अध्यक्ष महतोले बताए । भोदी खेल थारू समुदायको पुरानो खेलका रूपकसमेत कायम रहने उनले बताए ।

    भोदी खेलमा एक समूहमा दश जना खेलाडी सहभागी हुन्छन् । उनीहरूले पालैपालो झटारो हानेर भुइँको खाडलमा राखिएका दशवटा लट्ठी (थारू भाषमा टाँचा) निकाल्ने नियम हुन्छ । खेलअनुसार एउटा समूहलाई निश्चित समय प्रदान गरिन्छ । निर्धारित समयमा सबैभन्दा धेरै लट्ठी खाडलबाट निकाल्ने समूह विजेता बन्ने गर्दछ ।

    युवाको सक्रिय सहभागिताले यस परम्परागत खेलको संरक्षण मात्र नभई पुस्तान्तरणमा पनि ठूलो सहयोग पुगेको अध्ययन केन्द्रका उपाध्यक्ष राजकुमार महतोले बताए । शुक्रबार थारू समुदायको परम्परागत तथा मौलिक खेलको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

    धार्मिक र सांस्कृतिक महत्व बोकेको यो खेल विशेषतः युवा समूहबीचका खेलिने परम्परा छ । बलपूर्वक लठ्ठी हान्नुपर्ने भएकाले समेत युवाको सहभागिता आवश्यकता पर्ने गर्दछ । थारु अगुवा गणेशमान महतोका अनुसार अनत चतुर्दशी पर्वको अवसरमा यसलाई विशेष महत्वका साथ खेलाइने गरिन्छ । यति बेला यहाँका थारू बस्तीमा भोदी खेलको रौनक छाएको महतोले बताए ।

    शुक्रबार भएको प्रतियोगितामा जिल्लाका साठीभन्दा धेरै पुरुष तथा महिला समूहको सहभागिता रहेको थियो । यसले समेत थारू समुदायको भोदी खेलको महत्व थप बलियो बनेको उनले बताए ।

    अनत पर्वमा गरिने उपवासले आफूले गुमाएको सम्पति फिर्ता गराउन सक्ने भन्ने धार्मिक मान्यता रहेको राष्ट्रिय थारू सङ्ग्रहालय अध्ययन केन्द्रका सल्लाहकारसमेत रहेका महतोले बताए । द्धापार युगमा कौरव र पाण्डबीचको द्धन्द्वमा कौरवले छलकपट गरी पाण्डवको श्रीसम्पति हरण गरेपछि पाण्डवले गुमेको सम्पत्ति फिर्ताका लागि अनत पर्वको उपवास गर्ने निधो गरेको र सो क्रममा पर्वमा सबैलाई सहभागि र उत्तसाहपूर्वक बनाउन भोदी खेल आयोजना गरिएको धार्मिक कथन रहेको उनले बताए ।

    सोही धार्मिक कथनबाट भोदी खेल आएको र अहिले पनि अनत पर्वको अवसरमा धुमधामका साथ खेल्ने गरिएको महतोले बताए । भोदी खेल थारू समुदायले खेल्ने गरेको मौलिक खेल रहेकाले यसको संरक्षणमा सरकारसमेतले चासो दिनुपर्ने उनले बताए । रासस

    Post Views: 155
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.