• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

‘मुस्ताङ गोल्ड’को पेय पदार्थमा भेटियो अखाद्य वस्तु, काठमाडौँ महानगरले तिरायो दुई लाख जरिवाना

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १४, शनिबार १३:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- चाडबाड नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

    धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरी कामपाले रु दुई लाख जरिवाना तिराएको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि कामपाले कारबाहीस्वरुप जरिवाना तिराएको कामपाको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

    प्रमुख न्यौपानेका अनुसार उपभोक्ताले गरेका गुनासोको आधारमा कामपाले अनुगमन गरेको थियो । विभागले उक्त मदिराको नमूना सङ्कलन गरी जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य वस्तु फेला परेको पुष्टि भएपछि कामपाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार कारबाही र जरिवाना गरिएको हो ।

    विभागका अनुसार, जरिवाना रकम कामपाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । कामपाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको समेत जनाएको छ ।

    कामपाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन गर्दा ३१ लिटर अखाद्य तेल नष्ट गरेको छ ।

    कामपाले वडा नम्बर २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको चार रेस्टुराँ र एक मिठाई पसलको अनुगमन गर्दा अखाद्य तेल भेटेपछि नष्ट गरेको हो । टोलीले व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न निर्देशन समेत दिएको छ ।

    विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ साथै, सबै व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन निर्देशनसमेत दिएको छ ।

    Post Views: 212
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.