• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बाँदरले दु:ख दिएपछि व्यवसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १२, बिहीबार १०:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    टक्सार (भोजपुर)- सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् ।

    टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताएका छन् ।

    वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गरेका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताए । बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उनको गुनासो छ ।

    बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताए । “त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट, कागती, टिम्मुर र मेकाडियानट जस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,” उनले भने ।

    आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यही कमाउन सकिने उनको धारणा छ । बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा किसान गौतमको जोड छ । रासस

    Post Views: 629
    • ड्रागन फ्रुट
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.