• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गाजादहको सिद्धबराह

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १२, बिहीबार ०९:४८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    गलकोट (बागलुङ)- सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । चार महिना लगाएर मूर्तिकार कृष्ण बहादुर सुनारले उक्त मूर्ति बनाउनुभएको हो । मूर्ति तयारीमा रु. २० लाख खर्च भएको छ ।

    समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको गाजादह धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सिद्धबराहको प्रचारप्रसार गर्ने उद्देश्यले सिद्धबराहको मूर्ति स्थापना गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए ।

    भगवान् विष्णुका दश अवतारमध्येको तेस्रो मानिने बराह अवतार झल्कानेगरी मूर्ति निर्माण स्थापना गरिएको छ । जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माण लगायतका पूर्वाधार थपिएका छन् ।

    गाजादहमा आयोजित ज्ञान महायज्ञमा सङ्कलन भएको रकमबाट मूर्ति निर्माण गरिएको हो । गाजादह २४ वर्गमिटरमा फैलिएको छ । यो धार्मिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ । रासस

    Post Views: 246
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.