काठमाडौं– राष्ट्रिय योजना आयोगको सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् ।
एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका हुन् ।
साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीका अनुसार महिलाले उजुरी दिएपछि पक्राउ गरिएको हो ।





