• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ११, बुधबार १४:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    हैदाराबाद- निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् ।

    रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ मा श्रीदेवीले यो सम्पत्ति सम्बान्द मुदलियार नामका व्यक्तिबाट खरिद गरेकी थिइन् ।

    फिल्म निर्माताका अनुसार श्रीदेवीले जसबाट सम्पत्ति किनेका थिए, उनका तीन छोरा र दुई छोरी थिए । परिवारका सदस्यहरूले सन् १९६० को फेब्रुअरीमा सम्पत्ति आपसमा बाँडफाँड गर्ने सम्झौता गरेका थिए। यसै सम्झौताको आधारमा श्रीदेवीले यो सम्पत्ति किनेकी थिइन् ।

    तर, पछिल्लो समय तीन जनाले यो सम्पत्ति दाबी गर्न थालेका छन् । यी तीन जनामध्ये एक जना श्री मुदलियारका तीन छोराहरूमध्ये एकको दोस्रो पत्नी भएको दाबी गर्ने महिला हुन् र अन्य दुई जना उनका छोरा हुन्।

    आफ्नो याचिकामा बोनी कपूरले दोस्रो पत्नीले ५ फेब्रुअरी १९७५ मा विवाह गरेको दाबी गरेका छन्  । त्यसैले, मुदलियारको छोरासँग उनको विवाहलाई वैध मान्न सकिँदैन किनभने उनकी पहिलो पत्नीको २४ जुन १९९० मा मृत्यु भएको थियो ।

    बोनी कपूरले तीन जनालाई कानूनी उत्तराधिकार प्रमाणपत्र जारी गर्ने विषयमा पनि प्रश्न उठाएका छन् र यसलाई जतिसक्दो चाँडो रद्द गर्न अदालतलाई अनुरोध गरेका छन्।

    निर्माताको निवेदनमा सुनुवाइ गर्दै न्यायमूर्ति एन आनन्द वेंकटेशले ताम्बरम तालुक तहसीलदारलाई ४ हप्ता भित्र निर्णय लिन निर्देशन दिएका छन् । तमिलनाडुको चेन्नईको ईस्ट कोस्ट रोडमा श्रीदेवीको सम्पत्ति रहेको छ ।

    Post Views: 324
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.