• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ११, बुधबार ०९:३४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    दोधारा चाँदनी (कञ्चनपुर)- कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ ।

    जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए । मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन ।

    “प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि रु तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ”, जगतगुरु मोहनशरण देवाचार्यले भने, “सरकारबाट सहयोग प्राप्त भएको छैन ।”

    उनले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए । मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई रु १० करोड ८१ लाखमा ठेक्का दिइएको थियो ।

    जगतगुरु मोहनशरण देवाचार्यले २०७२ साल वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन भएका थिए। त्यसबाहेक स्थानीयले तीन टन धातु दान गरेका थिए । यही धातुबाट मूर्ति निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माण पूरा हुन सकेको छैन ।

    भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि गर्न थालेपछि चहलपहल हुन थालेको हो। यहाँ नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएपछि धामको महत्व बढेको र धार्मिक पर्यटक बढ्न थालेको स्थानीय बताउँछन् ।

    “जगतगुरु यहाँ आएर मूर्ति बनाउन थालेपछि यो क्षेत्र चर्चामा आएको हो अहिले झापादेखिका मानिस आउने गरेका छन्”, स्थानीय मोहनदेव जोशीले भने । पाण्डवहरु वनवासको समयमा यस क्षेत्रका कुवामा पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको र यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको विश्वास गरिन्छ ।

    “यो सिद्धबैजनाथको भूमि भएकाले यसको महत्व धेरै छ त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती पनि छ ।” धाममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको फरक–फरक कुण्डहरु निर्माण गरिएको स्थानीय निर्मला भट्टको भनाइ छ । रासस

    Post Views: 267
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.