• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ११, बुधबार ०७:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी- बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका हुन् ।

    भाषा मंकाःखलका कलाकार सञ्जयकुमार श्रेष्ठले २० वर्षपछि बेनीमा थेत्तोर नाच देखाइएको जानकारी दिनुभयो । यसअघि विसं २०६२ मा यो नाच देखाइएको थियो । कलाकारहरुको अभावका कारण बर्खेनाचअन्तर्गतको थेत्तोर नाच नियमित प्रदर्शन हुन सकेको थिएन । थेत्तोरलाई धानको बाला नाचका रुपमा चिन्ने गरिन्छ ।

    थेत्तोर नाचमा परदेशी घर फर्कने क्रममा बाटोमा हुने घटनाक्रमलाई प्रस्तुत गरिने कलाकार विनोद श्रेष्ठले बताउनुभयो । “परापूर्वकालमा रोजगारीका लागि छिमकी मुलुक भारत गएकाहरु घर फर्कने क्रममा बाटोमा बास बस्दा हुने नाचगानका विषयवस्तुलाई ठट्यौली रुपमा गीतमा प्रस्तुत गरिन्छ”, उनले भने, “मौलिक गीतको लय र सुर तालमा लाहुरे, युवतीहरु र जोक्करले गर्ने अभिनय रोचक हुन्छ ।”

    थेत्तोर नाचमा यसपालि बेनी सामुदायिक माविका विद्यार्थी कलाकार सहभागी भएका थिए । नाचका लागि वाद्यवादनसहित ३० जनाभन्दा बढी कलाकार आवश्यक पर्छ । बेनी वरपरका गाउँबस्तीमा धान र कोदो रोपाइँको काम सकेपछि स्थानीयहरु मनोरञ्जनका लागि बर्खेनाच हेर्न बेनी आउने यहाँको पुरानो चलन हो ।

    बेनीमा घण्टाकर्ण चर्तुदर्शीका दिनदेखि सुरु भएको बर्खेनाचको तीज पर्वका दिन समापन गरिएको छ । दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिएको हो ।

    दुई सय वर्षअघि बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरु भएको विश्वास छ । घण्टाकर्ण चर्तुदर्शीदेखि तीजका दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । यसवर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागागागिनी र थेत्तोर नाच देखाइएको ल्यामः पुःचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिन्छ ।

    लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने चलन रहेको नेपाल भाषा मंःकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

    Post Views: 208
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.