• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

टेम्केमैयुङमा तीन करोडको लागतमा पशुपक्षी सेवा केन्द्र निर्माण

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १०, मंगलवार ११:५५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    भोजपुर- टेम्केमैयुङ गाउँपालिकामा करिब रु तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो ।

    सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए । उनका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ ।

    “गाउँपालिकामा सुविधासम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ”, उपाध्यक्ष राईले भने, “यसले सेवा प्रवाहमात्र होइन, अनुसन्धान र रोग नियन्त्रणमासमेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।”

    गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले किसानको आर्थिक उन्नतिमा टेवा पुग्ने बताए । आधुनिक उपकरणसहितको भवनले यहाँको कृषि–पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहज हुने उनको भनाइ छ । “छोटो समयमा गाउँपालिका नमूनायोग्य भवन बनेको छ”, अध्यक्ष बस्नेतले भने, “यो भवनले गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा लिएको लक्ष्यलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

    प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशु छुट्टाछुट्टै प्रयोगशाला रहेकाले रोग र कीराको पहिचान गर्न सहज हुने बताए । भविष्यमा कुनै महामारी देखिए यही परीक्षण गरेर तत्काल कदम चाल्न सकिने अवस्था बनेको उनको भनाइ छ ।

    भवन निर्माणले रोग कीराको अनुसन्धानसँगै गाउँपालिकाका नागरिकलाई सेवा प्रवाहमा सहजता भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । भवनबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।

    आर्थिक करिडोर कार्यालय पाख्रीबासका प्रमुख डा इन्द्रनारायण शाहले भवनमा प्रयोगशालादेखि फर्निचरसम्म सबै आवश्यक उपकरण जडान भइसकेको जानकारीले दिनुभयो । भवन अपाङ्गमैत्री रहेकाले गाउँपालिकावासी किसानले यस भवनबाट कृषि र पशु रोग अनुसन्धान, उपचार र उत्पादन वृद्धिमा प्रत्यक्ष लाभ पाउने अपेक्षा लिएका छन् । रासस

    Post Views: 259
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.