काठमाडौँ- सशस्त्र प्रहरी बलमा जागिर खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि जागिर खुलेको हो ।
जवान पदका लागि मात्रै ७८६ जनालाई खुलेको छ ।
भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ ।
यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।







