• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ६, शुक्रबार ०९:०९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ ।

    पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई पनि दिवस मनाउन आह्वान गरेको हो । पार्टीले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय सङ्गठन र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले राससलाई जानकारी दिए ।

    पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गर्ने जनाइएको छ । केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको उपप्रमुख दामोदर अर्यालले बताए ।

    नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा विषयक गोष्ठीमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति गर्नेछन् ।

    पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गर्ने कार्यक्रम छ ।

    समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्यका साथ २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । अहिले विभिन्न कारणले कम्युनिष्ट पार्टी टुटफुट भएर विभिन्न समूहमा छरिएका छन् ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले २०७८ साल भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) स्थापना भएको हो ।

    Post Views: 251
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.