• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

जसले मादल बनाएरै वर्षको ६ लाख कमाउँछन्

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ४, बुधबार १२:१६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    लम्की (कैलाली)- बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउँछन् । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्छन् ।

    नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूजा गर्ने तीज नजिकिएसँगै उहाँको व्यस्तता बढेको हो । मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन ।

    शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उनले मादलको गोदाम बनाएका छन् । उनले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राखेका छन् । मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गरेका छन् । “एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । तर मादल बनाउँदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ”, उनले भने ।

    मादल बनाउने काठ अभाव भएको उनको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्ने उनी बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको बताउँछन् । “मादल बेचेर वार्षिक ६ लाखसम्म आम्दानी हुने गरेको छ ।
    सात जनाको परिवार यसैले पालेको छु ।”

    एउटा मादल रु तीन हजारदेखि रु १५ हजार सम्ममा बिक्री हुने गरेको जानकारी दिँदै १६ वर्षदेखि मादल बनाउँदै आएको बताए । स्थानीय सरकारको सहयोग पाएमा मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उनले आधुनिक बाजाले आफूहरूको पेसा सङ्कटमा परेको सुनाए ।

    बल्चौरकै अर्को मादल व्यवसायी किस्न बादी पनि मादल बनाउन व्यस्त छन् । तीजमा मादलको माग बढ्ने भएकोले उनलाई चटारो छ । किस्न बादीको पनि मुख्य आयस्रोत मादल बेच्ने नै भएको सुनाउँछन् । बजारको आधुनिक मादलले आफ्नो पेसा नै सङ्कटमा परेको सुनाउदै किस्न बादी व्यावसाय सञ्चालनका लागि स्थानीय र प्रदेश सरकार संग सहयोगको समेत अपेक्षा गरेका थिए । उनले मादल बेचेरै वार्षिक ३/४ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताउँछन् ।

    बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको दुखेसो उनले गरे । उनले आफ्नो पीडा सुनाउँदै भने, “हिजोआज वनबाट मादल बनाउने काठ ल्याउन पाइँदैन ।”

    बादी समुदायले परम्परागत पेसाका रूपमा मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका–३ बल्चौरका रमेश बादीले बताए ।

    लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउँदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् । यद्यपि यो समुदायका केही सदस्य मादललगायत बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ । रासस

    Post Views: 264
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.