काठमाडौँ- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा आज नेपालले पाँचौं खेल खेल्दैछ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा आज बिहान ११ बजेदेखि सुरु हुने खेलमा नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ ।
नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । त्यस्तै तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
मंगलबार भएको चौथो खेलमा नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो ।





