• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

युक्रेनका लागि अमेरिकी सेना तैनाथ हुँदैन : ट्रम्प

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ४, बुधबार ०६:४९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन् ।

    सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भने, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई युक्रेनमा राख्न तयार हुन्छन्।”

    ट्रम्पले भने, “हामी उनीहरूलाई विशेष गरी हवाई माध्यमबाट मद्दत गर्न इच्छुक छौं, हामीसँग भएको प्रकारको हतियार कसैसँग पनि छैन, वास्तवमा, उनीहरूसँग छैन।”

    उनले युक्रेनमा कुनै पनि अमेरिकी सेना तैनाथ नहुने आफ्नो ‘आश्वासन’ थपे तर युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल गराउने कुरा अस्वीकार गरे ।

    रुसी आक्रमणको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धपछिको सुरक्षा किभका लागि प्रमुख चिन्ताको विषय बनेको छ । मस्कोले लामो समयदेखि युक्रेनलाई नेटोमा सामेल भएको सहन नगर्ने बताउँदै आएको छ र पूर्व सोभियत क्षेत्रमा पश्चिमी सेना तैनाथ गर्ने विचारको विरोध गर्दै आएको छ। (एएफपी)

    Post Views: 296
    • डोनाल्ड ट्रम्प
    • युक्रेन
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.