काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारूढ दलहरूले तयारी गरेका छन् । सत्तारूढ दल नेपाली कांग्रेस नेकपा एमालेले रानामगरलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउन तयारी थालेका हुन् ।
कांग्रेसको पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसिरहेको छ ।
कांग्रेस बैठकमा पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू उपस्थित भएको एक नेताले इकागजलाई जानकारी दिए । त्यस्तै कांग्रेसले सांसदहरूलाई २ बजे सिंहदरबारमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ ।
एमालेले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । बैठक ११ बजे आकस्मिक रूपमा बस्नुपर्ने भएकाले बोलाएको एक सांसदले जानकारी दिए ।
राना रास्वपाबाट उपसभामुख बनेकी हुन् ।





