• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत्‌ सेवा

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ३, मंगलवार ०९:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    भोजपुर- पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत्‌ विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ ।

    ग्रामीण क्षेत्रमा विद्युत्‌ विस्तार भएपछि स्थानीयले विद्युत्‌बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ ।

    विद्युत्‌ विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउनुहुन्छ । विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न हिँड्नुपर्ने अवस्थामा अहिले टोलटोलमा विद्युतीय मिल जडान भएको उनको भनाइ छ ।

    “विद्युत्‌ गाउँघरको मुहार फेरेको छ”, उनले भने, “विद्युत्‌ विस्तारले गाउँघर उज्यालो भएको छ । टोलटोलमा विद्युतीय मिल जडान भएका छन् । विद्युत्‌ले गाउँले जीवनमा ऊर्जा थपेको छ ।”विद्युत्‌ विस्तारपछि आफ्नो गाउँमा मात्र छवटा बढी विद्युतीय मिल रहेको उनले बताए । विद्युत्‌ विस्तारसँगै साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ ।

    गाउँघरमा राज्यको तहबाट विद्युत्‌ विस्तार गरिएपछि फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको र दैनिकी सहज भएको टेम्केमैयुङ–१ का स्थानीय जगतबहादुर राईले बताए ।

    “विद्युत्‌ले दैनिक जीवनयापनमा फेरबदल आएको छ”, राईले भने, “विद्युत्‌को माध्यमबाट फर्निचर उद्योग चलाएका छौँ, उज्यालोमा बस्न पाएका छौँ, विद्युत्‌ गाउँले जीवनमा सहजता र खुसी ल्याएको छ ।” पछिल्लो एक दशकको अवधिमा जिल्लाका धेरै दूरदराजका गाउँमा उज्यालो छाएको उनको भनाइ छ । रासस

    Post Views: 252
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो
    सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.