• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ३, मंगलवार ०७:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    वीरगञ्ज (पर्सा)- वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् ।

    जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ । विसं २०२९ देखि वीरगञ्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ ।

    पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको छ । खुला ठाउँमा कारागार भएको भए व्यवस्थापनमा पनि धेरै सहज हुने थियो कि । तोकिएको क्षमताअनुसार कैदी र थुनुवा हुँदा व्यवस्थापनमा सहज हुने थियो ।

    जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगञ्जको चिनी मिल क्षेत्रमा कारागारका लागि १८ बिघा क्षेत्रफलमा सार्ने योजना गरे पनि अहिलेसम्म मूर्तरूप लिनसकेको छैन । वीरगञ्ज कारागारमा स्वदेशी र विदेशी गरेर थुनुवा र कैदी गरेर एक हजार तीन सय १० जना रहेका छन् । यसमा स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र छ वर्षमुनिका दुई जना आश्रित बालिका छन् ।

    त्यस्तै स्वदेशी पुरुष कैदी र थुनुवाको सङ्ख्या भने एक हजार ४६ जना रहेका छन् । त्यस्तै विदेशी थुनुवा र कैदीतर्फ एक सय ९९ छन् भने विदेशी महिला थुनुवा र कैदी भने १६ जना रहेका छन् ।

    वीरगञ्ज कारागारमा विशेषगरी पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका र अदालतबाट पुर्पक्ष थुनुवामा पठाएकालाई कैदी र थुनुवा राख्ने गरिन्छ । वीरगञ्ज कारागारमा कैदी तीन सय २९ जना रहेका छन् भने थुनुवा नौ सय ७९ जना छन् ।

    कारागार प्रमुख भुसालले कारागारमा रहेका कैदी तथा थुनुवामा कहिलेकाहीँ मौसमी प्रकृतिका बिरामी देखापर्ने बताए ।

    “यहाँका थुनुवा तथा कैदीबन्दीमा प्रायःजसो मौसमी प्रकृतिका बिरामी देखा पर्छन्”, उनले भने, “सामान्य खालका उपचार यहाँ कार्यरत स्वास्थ्य सहायकले गर्नुहुन्छ भने अन्य बिरामीलाई भने नारायणी अस्पतालमा उपचारको लागि पठाइन्छ ।” कारागार परिसरमा करिब ४७ शौचालय रहेका छन् भने थुनुवा र कैदीले आलोपालो शौच गर्नुपर्ने बाध्यता छ ।

    Post Views: 255
    • कारागार
    • कैदीबन्दी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.