• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ३१, शनिबार १३:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    पाँचथर- यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ

    मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् ।

    आगामी हप्तादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार हेंवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो । बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको छ ।

    निर्माण कम्पनी ले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो । तर बेलिब्रिज जडान अन्तिम चरणमा पुगेका समयमा गत जेठ ३१ गते बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो । यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनीलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका हुन् ।

    बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो । भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको लन्चिङ सेट र पुल जडान गर्न इन्जिनियर तथा प्राविधिक रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान सम्पन्न गरेको डिई भट्टराईले जानकारी दिए ।

    मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको सडक पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो । तर उक्त बेलिब्रिजसमेत ०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेंवा खोलामा डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्दै आएका थिए । वर्षायाम सुरु भइसकेकाले बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध बनेको थियो ।

    सडक डिभिजन कार्यालयले नै डाइभर्सन मर्मतको कामसमेत निरन्तर चलाएको थियो । नयाँ बेलिब्रिज जडानपछि हेंवा खोला उत्तरका नागरिकले तीन वर्षदेखि वर्षायाममा भोग्दै आएको सास्ती हट्ने आशा पलाएको पाँचथरको हिलिहाङका वीरेन्द्र मङ्ग्रातीको भनाइ छ ।

    यस पटक बेलिब्रिज जडानसँगै सडभ विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी दश दिने प्रयोगात्मक तालिमसमेत सञ्चालन गरेको थियो । तालिममा सडक विभागका इन्जिनियर, सबइन्जिनियर, मेकानिक र अपरेटर गरी ३२ जनाले सहभागिता जनाएका थिए । रासस

    Post Views: 219
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.