• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ३०, शुक्रबार ०६:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११:४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

    राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सात वटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नेछन् ।

    त्यसैगरी, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।

    अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ ।

    उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

    कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ ।

    विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।

    Post Views: 145
    • राष्ट्रियसभा बैठक
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.