• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

भोजपुर श्यामशिलाका अधिकांश किसान किवी खेतीमा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २९, बिहीबार १०:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    भोजपुर- पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् ।

    गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताए ।

    यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा सडक नजिक भएकाले किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्दै आएका छन् ।

    कृषि किसानको मुख्य आम्दानीको स्रोत भएकाले गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा सागसब्जीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती भइरहेको बताउँदै उनले भने, “श्यामशिलामा किवीको प्रशस्त सम्भावना भएकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, एभोकाडोलगायत फलफूल विकास कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । ” रासस

    Post Views: 210
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.