• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध : अध्यक्ष भन्छन्- अपानी विपरित बोल्न नदिइएकै हो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २९, बिहीबार ०९:२६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    विराटनगर- विधान महाधिवेशन समेट्नुपर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।

    मंगलबार र बुधबार धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

    खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गीरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा) खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर) ,सत्यनारायण चौधरी (मोरङ) रहेका छन ।

    यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।

    खतिवडाका अनुसार भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरू राखिएका छन् । एकसातामा भित्र आयोजना हुने बैठकमा विधान संसोधनका विषयमा ब्यापक बहस हुने, त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।

    जिल्लाका बैठकहरूमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ ।

    अपानीको बर्खिलाप हुने गरी बोल्न नदिएकै होः खतिवडा
    बैठकमा कतिपय केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासो आइरहेका सवालमा पार्टी प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानीको बर्खिलाप हुने गरी बोल्न नदिएको बताए ।

    ‘पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नु भयो । केही कमरेडहरूले पार्टी केन्द्रको निर्णय र अपानी १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो ’ खतिवडाले भने,  ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुदैन, तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरूले बोल्ने समय पाउनु भएन ।’

    पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः एमालेमा सक्रिय हुने चासो राखेपछि अहिले एमालेभित्र त्यसका बारेमा बहस गर्न खोज्नेलाई रोक लगाइएको असन्तुष्ट नेताहरूले जनाएका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तर पार्टी निर्देशन १२ जारी गर्द पार्टी केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका पार्टी कमिटीमा पठाएका थिए ।

    Post Views: 242
    • केपी शर्मा ओली
    • नेकपा एमाले
    • विद्यादेवी भण्डारी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.