• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

ब्रह्माण्डमा भेटियो सूर्य भन्दा ३६ अर्ब गुणा ठूलो ब्लाकहोल, सिंगो ग्यालेक्सीलाई सक्छ निल्न

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २८, बुधबार १३:१३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्ल्याक होल फेला पारेका छन्, जसले अन्तरिक्ष विज्ञानको संसारमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगाबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ र यसको पिण्ड हाम्रो सूर्य भन्दा ३६ बिलियन गुणा बढी रहेको छ।

    यो विशाल ब्ल्याक होल  ‘कोस्मिक हर्सशु’ नामक ग्यालेक्सीमा अवस्थित छ। यो आकाशगंगा यसको ठूलो गुरुत्वाकर्षणको लागि परिचित छ, जसले यसको पछाडिको प्रकाशलाई झुकाउन सक्छ। यो प्रक्रियालाई  ‘ग्रेभिटेशनल लेन्सिङ’ भनिन्छ।

    वैज्ञानिकहरूले यो प्रविधिको सहायताले ब्ल्याक होलको तौल नापेका छन् । बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका थोमस कोलेट र उनको टोलीले पहिलो पटक ब्ल्याक होलको वरिपरि ताराहरू परिक्रमा गरिरहेको गतिलाई नोट गरेका थिए । यो गति द्रव्यमान अर्थात् ब्ल्याक होलको तौल र क्षमतामा निर्भर गर्दछ।

    त्यसपछि तिनीहरूले देखे कि प्रकाश यसको गुरुत्वाकर्षणमा कति हदसम्म झुकिरहेको छ, दुबै डाटालाई मिलाएर उनले यो ब्ल्याक होलको सही मापन गरेका हुन्। अनुसन्धानकर्ता कोलेट भन्छिन्, …यो सम्भवतः ब्रह्माण्डको सबैभन्दा ठूलो ब्ल्याक होल हो। एकल बिन्दु, जसले सम्पूर्ण सानो आकाश गंगाको वजन समात्न सक्छ।

    यसअघि आफूले बनाएका मोडलहरू ब्ल्याक होलको तौल असाधारण रूपमा नबढ्दासम्म काम नगर्ने उनले बताए । यो ग्यालेक्सी सम्भवतः एक …जीवाश्म समूहÚ ग्यालेक्सी हो अर्थात् एक ग्यालेक्सी जसले आफ्नो वरपरका सबै साना आकाशगंगाहरूलाई निल्न सक्छ । यसले ब्ल्याक होल किन यति ठूलो भयो भनेर बुझ्न पनि मद्दत गर्छ।

    तर, सबैभन्दा अचम्मको कुरा के छ भने अहिले यो ब्ल्याक होल निष्क्रिय रहेको छ । कोलेट भन्छिन्, …यदि यो यति ठूलो हुन सक्छ भने यसको मतलब यो ब्रह्माण्डको सुरुवातदेखि नै पदार्थलाई निल्दै आएको छ तर अहिले पूरै शान्त भएको छ । प्रश्न यो छ, के भयो र यो ब्लाक होल अचानक रोकियो।

    यो खोजले ब्ल्याक होलको साइज र विकास सम्बन्धी पुरानो वैज्ञानिक सिद्धान्तलाई मात्र चुनौती दिएको छैन, ब्रह्माण्डमा अझै पनि यस्ता धेरै रहस्यहरू छन्, जुन हाम्रो समझभन्दा बाहिर छन् भन्ने पनि देखाएको छ । …ब्ल्याक होल । को यो पछिल्लाे खोजले भविष्यमा अन्तरिक्ष विज्ञानको दिशालाई पूर्णरूपमा परिवर्तन गर्न सक्छ किनभने यदी यो …ब्ल्याक होल । यति ठूलो हुन सक्छ भने ब्रह्माण्डमा अरू के लुकेको छ भनेर कल्पना गर्न गाह्रो छ।

    Post Views: 206
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.