• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

शोलेको ५० वर्ष पूरा, अमेरिकामा बिशेष प्रिमियर हुँदै

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २८, बुधबार ०९:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुम्बई- यो १५ अगस्टमा भारतीय सिनेमाको कल्ट फिल्म ‘शोले’ रिलिज भएको ५० वर्ष पूरा गर्नेछ ।

    रमेश सिप्पीले निर्देशन गरेको यो चलचित्र सेप्टेम्बर ६ मा चलचित्रको ५० औँ वार्षिकोत्सवको अवसरमा टोरन्टो, अमेरिकामा बिशेष प्रिमियर पनि हुँदैछ । फिल्मको फोर के संस्करण अमेरिकामा दर्शकहरूका लागि उपलब्ध हुनेछ। फिल्मसँग सम्बन्धित यति ठूलो खबर आए पछि यो फिल्मलाई लिएर फेरि चर्चा परिचर्चा सुरु भएको छ ।

    यस्तो अवस्थामा हामी यस फिल्मसँग सम्बन्धित धेरै अचम्मका कुराहरू जानौं, जसले तपाईंलाई यो फिल्म किन एक महान फिल्म बनेको थियो भनेर महसुस गराउनेछ।

    अमिताभ बच्चन–धर्मेन्द्र र अमजद खानको यो फिल्म भारतमा रिलिज भएको २ हजार दिनभन्दा बढीसमयसम्म चलेको थियो । धेरै रजत तथा स्वर्ण जयन्ती प्राप्त गरेको यो चलचित्र भारतमा मात्रै होइन, विदेशमा पनि निकै रूचीका साथ हेरिएको थियो ।

    मध्यपूर्व र सोभियत संघमा यो फिल्मको निकै प्रशंसा भएको थियो । बलिउड फिल्मको क्रेज सोभियत संघसम्म फैलाउने पहिलो व्यक्ति अभिनेता राज कपूर थिए। वर्षौं पछि ‘शोले’को पनि त्यस्तै क्रेज थियो ।

    त्यो समयमा ‘शोले’ ले सोभियत संघमा लाखौं मानिसहरूलाई प्रशंसक बनाएको थियो । यसको डब प्रिन्टहरूको भूमिगत फ्यान क्लबहरू पनि गठन गरिएको थियो। यी फ्यानहरूले ‘शोले’का संवादहरू पनि कण्ठ गरेका थिए। उनीहरु, खासगरी सोभियत सेनाका सिपाहीहरूले आफ्नै लबजमा यो हिन्दी डायलग  ‘बसन्ती, ए कुत्तेका सामु मत नाँच’ जस्ता नारा लगाउन थालेका थिए ।

    यति मात्र होइन, सन् १९७९ मा पाकिस्तानमा रिलिज भएको ‘मौला जट’ जस्ता फिल्म पनि यही फिल्मबाट प्रेरित थिए । यति मात्र होइन, टर्की जस्ता देशले पनि यो फिल्मबाट प्रेरणा लिएर एक्सन फिल्म बनाएको थियो ।

    त्यति बेला पनि  ‘शोले’ ३ करोडमा निकै महँगो बजेटमा बनेको थियो र फिल्मले आफ्नो बजेटको झण्डै १२ गुणा कमाउन सफल भएको थियो । त्यतिबेला फिल्मको बक्स अफिस कलेक्सन ३५ करोड थियो, जुन सन् १९९४ मा  ‘हम आपके है कौन’ आउनु अघि सम्मकै सबैभन्दा उच्च कलेक्शनको रूपमा रेकर्ड बनाएर बसेको थियो ।

    Post Views: 176
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.