• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

दिल्लीमा १० लाख आवारा कुकुर, ७ महिनामा २६ हजार बढी मानिसलाई टोक्यो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २८, बुधबार ०९:५१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    नयाँ दिल्ली- गत सोमवार भारतको सर्वोच्च अदालतले राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा आवारा कुकुरको बढ्दो त्रासलाई सम्बोधन गर्न कडा निर्देशन दिएको थियो ।

    सर्वोच्च अदालतले दिल्ली, गुरुग्राम र नोएडाका अधिकारीहरूलाई ६ हप्ताभित्र ५ हजार आवारा कुकुर समात्न आदेश दिएको छ ।

    दिल्ली म्युनिसिपल कर्पोरेशन अफ दिल्ली (एमसीडी) को तथ्याङ्क र भर्खरको सर्वेक्षण अनुसार दिल्लीमा आवारा कुकुरहरूको अनुमानित संख्या लाखौं पुगेको छ, जसले मानिसहरूलाई खतरामा पारेको छ। जसमा उच्च जोखिम क्षेत्रलाई प्राथमिकता दिन भनिएको हो । सर्वोच्च अदालतले एमसीडी र दिल्लीको राष्ट्रिय राजधानी क्षेत्रको नयाँ दिल्ली नगरपालिकालाई तुरुन्तै कुकुरहरूको लागि आश्रय स्थापना गर्न र ८ हप्ता भित्र रिपोर्ट पेश गर्न पनि निर्देशन दिएको छ।

    दिल्ली म्युनिसिपल कर्पोरेशनको तथ्याङ्क र भर्खरको सर्वेक्षण अनुसार दिल्लीमा आवारा कुकुरहरूको अनुमानित जनसंख्या १० लाखको हाराहारीमा रहेको छ। सन् २०२३ मा ४.७ लाख कुकुरको मात्रै बाँझीकरण गरिएको थियो । बाँझीकरण (नसबंदी) अभियानमा रहेको यो ठूलो अन्तरले कुकुरको टोकाइका घटना र रेबिजका घटनाहरूमा तीव्र वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

    दिल्ली मात्र नभई नोएडा, गाजियाबाद र गुरुग्राम जस्ता यसको छेउछाउका क्षेत्रहरू पनि कुकुरहरूको बढ्दो खतराको सामना गरिरहेका छन्। नोएडामा मात्रै, २०२५ को पहिलो ५ महिनामा ५२ हजार ७०० भन्दा बढी कुकुरले टोकेका घटनाहरू रिपोर्ट गरिएका छन्। यसबाहेक गाजियाबादमा कुकुरको आक्रमणका घटनाहरू पनि अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेका छन्। दिल्लीमा १० लाख कुकुर समातेर उनीहरूका लागि आश्रय गृह तयार गर्नु नगरपालिकाका अधिकारीहरूका लागि चुनौतीभन्दा कम छैन।

    एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) को तथ्याङ्क अनुसार सन २०२२ मा दिल्लीमा ६ हजार ७०० कुकुरको टोकाइका घटनाहरू रेकर्ड गरिएका थिए, जुन २०२४ मा बढेर २५ हजार पुगिसकेको छ । यस दुई वर्षको अवधिमा दिल्लीमा कुकुरले टोक्ने घटना २७७ प्रतिशतले बढेको छ ।  यो वर्ष अहिलेसम्म दिल्लीमा २६ हजार ३३४ कुकुरले टोकेको घटना सार्वजनिक भएको छ । तथ्याङ्क अनुसार, यी मध्ये ९ हजार ९२० मामिलाहरू दिल्ली नगर निगम अस्पतालहरूमा रेकर्ड गरिएको थियो, जबकि १५ हजार १० केसहरू यसको एन्टिरेबिज खोप केन्द्रहरूमा रेकर्ड गरिएका थिए। यो पछिल्लाे सात महिनाको केस हाे  ।

    यसबाहेक कुकुरले टोक्ने घटना मात्रै होइन रेबिजको खतरा पनि चिन्ताको विषय बनेको छ । सन् २०२३ मा दिल्लीको मेयर भएकी शैली ओबेरोयले ६ लाख आवारा कुकुर रहेको बताएका थिइन । उनले आवारा कुकुरको बढ्दो खतराबारे पनि सचेत गराए ।

    Post Views: 205
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.