• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

किन छाडे अनिल झाले लोसपा ? किन हटाइए प्रवक्ताबाट मनिष मिश्र ?

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २७, मंगलवार १२:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अनिलकुमार झाले राजीनामा दिएका छन् ।

    लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहँदै आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा बुझाएका हुन् ।

    बिगत एक वर्षदेखि नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजीनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्वीकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए ।

    ‘उहाँ लामो समयदेखि लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिना अघि उहाँले ह्ववाटसपबाट अध्यक्षज्यूलाई राजीनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वीकृत गरिसक्नु भएको छ,’ उनले भने ।

    यसबारेमा झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिना अघि राजीनामा दिए पनि तर राजीनामाको मितिमा भने अघिल्लो वर्षको मिति उल्लेख छ  ।

    समाचार अनुसार उनी लोसपामा नै रहँदा पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिन्ह लिने उनको प्रयास जारी रहेको छ तर सफल भएको छैन् ।

    सो पार्टी सिरहाका रामकुमार महतो नामका एक जना पुराना सदभावना नेताको नाममा दर्ता रहेको छ । उनले महतोको नाममा पार्टी दर्ता भए पनि झाले अध्यक्षको हैसियतमा सोही नाममा निर्वाचनमा आयोगमा दर्ता गराएपछि महतोले आफुलाई ‘अपहरण गरेर सो पार्टी कब्जा गर्न खोजेको’ भन्दै आयोगमा उजुरी दिएका छन्, जो अहिले पनि मुद्दा चलिरहेको छ। तर, उनले झालाई सो पार्टी दिन चाहिरहेका छैनन्। र, निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन नसकेको बुझिएको छ ।

    ‘उहाँले पार्टी दिनका लागि विभिन्न अफर गर्नु भएको थियो, पार्टी नै हो कसरी उहाँलाई दिन सकिन्छ, मैले दिएको छैन, उहाँ लफडाबाजी गरिरहनु हुन्छ,’ महतोले भने ।

    यता, एक महिना अघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष झाको प्रवक्ताको जिम्मेवारी खोसिएको छ। खासमा केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’ का बारेमा अभिब्यक्ति दिए पछि उनको पद खोसिएको बुझिएको छ।

    ‘सहमति अनुसार शरदसिंह भण्डारीले अब राजीनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिब्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्ताबाट राजीनामा दिन लगाएका थिए । उनले प्रवक्ताबाट राजीनामा दिए पनि महासचिव पद भने कायमै रहेको छ ।

    श्रम मन्त्री भण्डारी ओलीको कार्याकाल भरी रहने सहमति भए पनि मिश्रले सो बिपरित अभिब्यक्ति दिए पछि उनको राजीनामा माग गरिएको हो । स्रोतका अनुसार भण्डारी ओलीको कार्यकाल भरी रहने छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्याकालमा लोसपाले नयाँ अनुहार पठाउने गरी सहमति भइसकेको छ ।

    यद्दपी, यसअघिको सहमति अनुसार भण्डारीले १ वर्ष मात्रै मन्त्री बन्ने र राजीनामा दिएर अर्को ब्यक्ति पठाउने सहमति भएको थियो ।

    Post Views: 146
    • लोसपा
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.