• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

धनुषसँगको डेटबारे मृणाल ठाकुरको प्रतिक्रिया- हास्याँस्पद र झुटो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २७, मंगलवार ११:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुम्बई- हालै साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको लिंकअपको बारेमा धेरै खबरहरु बाहिर आएका थिए ।

    धनुष मृणालको जन्मदिनको पार्टीमा देखिएका थिए । यस क्रममा उनीहरु एकअर्काको हात समातेको देखियो । अहिले मृणाल आफैंले यी समाचारमा प्रतिक्रिया दिएकी छिन् ।

    ओन्ली कलिउडको रिपोर्टका अनुसार मृणालले हालै धनुषसँगको आफ्नो अफेयरको खबरमा पहिलो पटक प्रतिक्रिया दिएकी छिन् । उनले धनुषलाई असल साथी मात्रै भनेकी छिन् । मृणालले आफू र धनुषलाई यी अफवाह हास्याँस्पद लागेको बताए । अजय देवगनले धनुषलाई ‘सन अफ सरदारः२’ को प्रिमियरमा बोलाएको पनि मृणालले बताइन् ।

    मृणाल ठाकुरले भनिन्, ‘धनुष र म असल साथी हौँ । अहिले मेरो र उहाँको सम्बन्धलाई लिएर विभिन्न खालका खबरहरु चलिरहेका छन् । मैले तिनी समाचारहरू देखे। यो धेरै हास्याँस्पद थियो। सन अफ सरदार २ को कार्यक्रममा धनुष उपस्थित थिए । कसैले गलत नबुझ्नु होला । उनलाई अजय देवगनले निम्तो दिएका थिए ।’

    केही समय अघि न्युज १८ ले मृणाल र धनुषको अफेयरको खबरलाई स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको थियो । उसले लेखेका थियो, ‘हो, यो सत्य हो कि दुवै जना डेट गरिरहेका छन् । तर उनीहरुको सम्बन्ध अझै नयाँ छ र उनीहरुले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्दैनन् । उसलाई बाहिर घुम्ने र देख्ने कुनै तनाव छैन। उनका साथीहरूलाई थाहा छ।’  तर, अहिले अभिनेत्री मृणाल आफैंले यी समाचारलाई झुटो भनेकी छन् ।

    वर्कफ्रन्टको कुरा गर्ने हो भने मृणाल फिल्म ‘सन अफ सरदारः२’ मा देखिएकी थिइन् । अहिले पनि यो फिल्म हलमा छ । यो फिल्ममा अजय देवगन, नीरु बाजवा, रविकिशनजस्ता स्टार पनि छन् ।

    Post Views: 201
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.