• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

भाषण होइन् कामले जनताको मन जितिरहेका कोमल श्रेष्ठ

  •  मिलन लामा
  • २०८२ श्रावण २२, बिहीबार १३:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    विहानको कलिलो घामसँगै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका-५ मा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित कोमल श्रेष्ठको दिन सुरु हुन्छ । उनी आफ्नो चियाको चुस्की लिँदालिँदै उनको मनमा टोलका समस्या र जनताका गुनासाहरू गुम्सी रहेका हुन्छन् । उनको ढोका सधैं खुला रहन्छ, जहाँ जो कोहीले पनि निस्फिक्री आफ्ना कुरा राख्न सक्छन् । श्रेष्ठ जसलाई धेरैले जनताको मान्छे भनेर चिन्छन्, उनी वडा सदस्यको परिचयभन्दा माथि उठिसकेका छन् ।

    एक सरल, अत्यन्तै सक्रिय पात्र हुन् श्रेष्ठ । वडा सदस्यको रुपमा निर्वाचित भएदेखि निरन्तर जनताको सेवामा निश्वार्थ भावनाले वडावासीलाई सहयोग गरि एक असल जनप्रतिनिधिको परिचय दिन उनी सफल भएका छन् । सायद उनको सक्रियता र व्यवहारले वडावासीको मन जितेर हुनसक्छ उनी दोस्रो पटक स्थानीय निर्वाचनमा समेत निर्वाचित भए । उनी भन्छन् ‘पहिलो कार्यकाल अनुभव र सिकाईको चरण रह्यो दोस्रो कार्यकाल पहिलाको अनुभवले जनताको प्रशासनिक र दैनिकी कामकाज गर्न धेरै सहयोग भयो ।’

    उनको नाम उच्चारण गरिनासाथ धेरै स्थानीयको मनमा एउटै चित्र आउँछ सामान्य र सरल । अझ भनौँ चप्पल लगाएर घरदैलो गर्ने, अप्ठ्यारो बेलामा फोन उठाउने, सामाजिक सेवाको लागि सधैं तत्पर व्यक्तित् । जनप्रतिनिधि भएपछि कुर्सीको मोहमा फसेर जनता बिर्सनेहरूको भिडमा उनी जस्तो पात्र सधै जनताको मनमा रहनेछन् ।

    ‘कोमल दाइलाई कहिले नेताजस्तो लाग्दैन, उहाँ त हाम्रै परिवारका सदस्य जस्तै हुनुहुन्छ। हामीलाई जहिले पनि सघाउनुहुन्छ, समस्या परेको बेला नआत्तिनु भनेर हौसला दिनुहुन्छ’ स्थानीय पार्वती तामाङ भन्छिन् ।

    सामान्य परिवारमा हुर्केका सरल जीवन बिताइरहेका श्रेष्ठ आफ्नै कुखुरा फर्म र ढुवानी व्यवसाय सञ्चालन गरि घर व्यवहार चलाउँछन् । घरको काम विहानै सकेर प्राय समय उनी वडावासीकै काममा व्यस्त हुन्छन् । श्रेष्ठ ठूलो मान्छे बन्न खोज्दैनन्, सरल लवाइ खवाई सरल बोली र सजिलो पहुँच नै उनको परिचय भएको छ ।

    ‘वर्षाको समयमा घर समाजमा पहिरो गए वडा सदस्य श्रेष्ठ तुरुन्तै सम्बन्धित घर र समाजमा पुग्छन् र मुचुल्का आवश्यक कागजपत्र आफैं लिएर वडा र नगरमा कुदिहाल्छन्, सहयोग जुटाइहाल्छन् यस्तो सहयोगी सदस्य पाउँदा हामी खुसी छौं’ स्थानीय बुद्ध श्रेष्ठ भन्छन् ।

    पसल–पसलमा चिया खान पुग्ने, स्थानीय मेला, सुख दु:ख र शुभकार्यमा उपस्थित हुने र सघाउने, गाउँमा विरामी पर्दा एम्बुलेन्स बोलाइदिनेदेखि नगर र वडाको सूचनाहरू आदानप्रदानमै श्रेष्ठको दिन बितिरहेको हुन्छ ।

    विभिन्न सरकारी कार्यालयहरूमा वडावासीका कामकाजमा सहयोग गर्ने फाइलहरू मिलाइदिने, नसक्नेहरूको लागि सम्बन्धित कार्यालयसम्म पुग्ने उनको दैनिकी नै बनेको छ। उनी भन्छन् ‘धेरै जसो मेरो उमेरमा मानिसहरू आर्थिकको लागि दौडिरहँदा आफुलाई भने यही सामाजिक क्षेत्रमा काम गर्दा नै गौरव लान्ने गर्छ ।’

     

    वडावासीका व्यक्तिगत र प्रशासनिक काममा सहयोग पुर्‍याउने, अप्ठ्यारा बेला साथ दिने, सूचना आदानप्रदान गर्ने, सामाजिक कार्यमा अग्रसर हुनेजस्ता कार्यले उनको जनमैत्री छवि निर्माण भएको छ ।

    नेताको परिचय भाषणले होइन, कामले हुन्छ भन्ने उदाहरण बनेका छन् श्रेष्ठ । सच्चा सेवा भावना, इमानदारी र समर्पण लिएर राजनीतिमा लागेपछि वडावासीलाई सहयोग गर्न सकिन्छ, परिवर्तन सम्भव हुन्छ भन्ने कुरा उनले प्रमाणित गरेका छन् ।

    आजको समयमा श्रेष्ठजस्ता जनप्रतिनिधि आवश्यक छन्, जो जनताको मनमा बस्न चाहन्छन् । उनी जस्ता पात्रहरूकै कारण जनप्रतिनिधिको ओज र गरिमा बढेको छ ।

    श्रेष्ठले जनप्रतिनिधिको भूमिका भाषण वा प्रचारबाट होइन, प्रत्यक्ष कामबाट प्रस्तुत गर्दै आएका छन् । व्यवसाय र परिवारसँग सन्तुलन राख्दै उनले आफ्नो समयको ठूलो हिस्सा जनसेवामा समर्पण गरेका छन् । श्रेष्ठ जस्ता सच्चा, इमानदार र समर्पित जनप्रतिनिधिहरू नै गणतन्त्र, संघीयता, सुशासन र पारदर्शिता जस्ता लोकतान्त्रिक मूल्यहरूलाई संस्थागत गर्न सकिन्छ। यस्ता प्रतिनिधिहरूको सक्रिय सहभागिताबाट जनताको विश्वास बलियो हुन्छ र लोकतान्त्रिक व्यवस्थामा जनताको सहभागिता र सशक्तिकरण सम्भव हुन्छ।

    Post Views: 858
    • चौतारा साँगाचोकगढी नगरपालिका
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.