• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

ट्रम्पले सम्बन्ध तोड्‌न धम्की दिइरहेको बेला मोदीले किन पठाए अजितलाई रूस ?

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २२, बिहीबार १२:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    नयाँ दिल्ली- अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ ।

    उनको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब डोनाल्ड ट्रम्पले रुसी तेल र रक्षा उपकरण खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका छन् । अब प्रश्न उठ्छ कि ट्रम्पले युक्रेन युद्धका सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका र रुसबाट टाढा हुन भारतलाई दबाब दिइरहेका बेला भारतका सुरक्षा सल्लाहकार डोभाल मस्को जानु संयोग मात्र हो कि रणनीतिक जवाफ ?

    स्रोतलाई विश्वास गर्ने हो भने डोभालको यात्रामा धेरै तह छन् । एकातिर भारत र रुसबीच रक्षा सहयोग र ऊर्जा सुरक्षामा गहिरो वार्ता हुने भएको छ भने अर्कोतर्फ भारतले कुनै पनि विश्वव्यापी दबाबमा आफ्नो रणनीतिक स्वार्थसँग सम्झौता नगर्ने सन्देश पनि स्पष्ट छ ।

    भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् कि डोभालले शीर्ष रूसी सुरक्षा अधिकारीहरूसँग बन्द ढोका बैठक गर्नेछन्, जहाँ क्षेत्रीय स्थायित्व, आतंकवाद विरोधी सहयोग र ऊर्जा आपूर्तिमा छलफल हुनेछ। यी उही मुद्दाहरू हुन्, जसमा अमेरिकाले भारतलाई सन्तुलनमा राखेको छ ।

    तर भारतले बारम्बार स्पष्ट गरिसकेको छ कि उसको ऊर्जा आवश्यकता र विदेश नीति उसको राष्ट्रिय हितबाट संचालित हुन्छ, पश्चिमी दबाबले होइन। तर, रूसमा डोभाल पुगेपछि उता ट्रम्पले पनि आफ्ना दुत मस्को पठाउने भएका छन् ।

    Post Views: 214
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.