• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

काकाकुल महोत्तरीवासी पानी पर्दा हर्षित

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १८, आईतवार २२:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    जलेश्वर–  लामो समयदेखि पानी नपर्दा खानेपानीको अभावमा काकाकुल भएका र धान रोपाइँको चिन्ताले पिरोलिएका महोत्तरीका किसान गएराति जिल्लामा भएको मुसलेधार वर्षाका कारण हर्षित भएका छन् ।

    महोत्तरीको दक्षिण, पश्चिम, पूर्व र मध्यक्षेत्रमा करीब छ महिनापछि गएराति मुसलेधार पानी परेको थियो ।

    उखरमाउलो गर्मीका बीच गाउँगाउँमा रहेका पोखरी, ताल, ईनार, कुवा र चापाकलको पानी सुकेर खानेपानीको समस्या भइरहेको अवस्थामा पानीले राहत मिलेको जलेश्वर नगरपालिका–८ का मनोज ठाकुरले बताए ।

    यसैबीच धान खेतीका लागि आधा साउन बितिसक्दा पनि जिल्लामा पानी नपर्दा धानबाली लगाउन नपाएका यहाँका किसान चिन्तामा परेका बेला ढिलै भएपनि अब जिल्लामा रोपाइँ हुने भन्दै किसान खुशी भएका छन् ।

    जलेश्वर–११ का किसुन बिच्छा पोखरी, ताल, ईनार, कुवा र चापाकलमा पानीको सहत बढेको बताउँछन् ।

    मुसलेधार वर्षा भएपछि आज बिहानैदेखि महोत्तरीका किसान आआफ्ना खेतबारीमा हलो, कोदालो, टैक्टर र रोपाइँ गर्ने मजदुर साथमा लिएर पुगेका थिए ।

    पानी नपर्दा साउन महिनाको पहिलो सातासम्म जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने अब जिल्लाका किसानले धमाधम धान रोपाइँ गर्ने प्रतिशत बढ्दै छ ।

    दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कूल ७१ हजार ५७० हेक्टर खेती योग्य जग्गा रहेको मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यसवर्ष ४० हजार हेक्टर जग्गामा यसवर्ष धान खेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले बताए ।

    उनका अनुसार यसअघि जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सकिएको थियो ।

    Post Views: 207
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.