• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

प्रचण्डलाई युगनायक भन्दै जनार्दन लक्षित वर्षमानको टीप्पणी : दायाँबायाँ गरेर भाग्न पाइँदैन

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार १७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन् ।

    किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरका पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए ।

    अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रुपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ आएको हो ।

    पुनले माओवादी नेताहरूले व्यवस्था परिवर्तनका लागि भएको १०औं हजारको बलिदान, लाखौं योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै पुनले कोही पनि भाग्न नपाउने उल्लेख गरे । युद्धमा बाँचेकाहरूले इतिहासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

    नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे ।

    ‘पार्टी स्थायी समितिको बैठक चलिरेको छ । हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौं । पार्टीलाई एकताबद्ध गर्ने कोसिस गर्छौं । हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरू छौं । जति रिस उठे पनि दायाँबायाँ अघिपछि जे गरे पनि हामी बाँचेकाहरूले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरूका सपनाको जिम्मा लिनुपर्छ । यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन’, पुनले भने, ‘मुलुकप्रति, परिवर्तनप्रति, जनताप्रति र इतिहासप्रति हाम्रो दायित्व छ । हामी अरु पार्टीका नेताहरूजस्तो हिंड्छु भनेर हिंड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिन भनेर गर्न नपाउने ठाउँमा छैनौं । किनकी हामी व्यवस्था बदल्ने संघर्षबाट आएका नेताहरू हौं ।’

    उनले जारी बैठकले पार्टीलाई एकताबद्ध गरेर विधिसम्मत ढंगले अघि बढाउने बताए । पुनले अध्यक्षसहित नेताहरू कमजोरी र आलोचनाभन्दा माथि नभए पनि आलोचना मैत्रीपूर्ण र फ्रेण्ड्ली वातावरणमा नभए त्यसले रुपान्तरणमा सहयोग नगर्ने बताए ।

    सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरूले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिलाई आग्रह गरे । ‘कसैले पनि हाम्रो त्याग, तपश्या र समर्पणप्रति चलखेल नगरोस् । पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टी बाहिरबाट नहोस् । त्यस प्रकारका प्रवृत्तिप्रति सर्ब सतर्क हुन जरुरी छ’, उनले भने ।

    यस्तै उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युगनायक भएको दाबी गरे । पुनले प्रचण्ड युगले जन्माएको नेता भएको बताउन हिच्किचाउन जरुरी नरहेको बताए । अनौपचारिक रुपमा विरोधी पार्टीका नेता र समाजले गणतन्त्र स्थापना र समावेशीता प्रचण्ड र माओवादीको नेतृत्वमा आएको स्वीकार गर्ने गरे पनि वर्गीय स्वार्थका कारण सार्वजनिक रुपमा भने स्वीकार्न नगर्ने अवस्था रहेको उल्लेख गरे ।

    ‘३ सय वर्ष पुरानो इतिहास भएको सामन्ती राजतन्त्र अन्त्य गर्ने युगान्तकारी आन्दोलनको नेतृत्व गर्नुभएको हाम्रो अध्यक्ष कमरेड प्रचण्ड युग परिवर्तनको नायक हो । काँग्रेस–एमालेजस्ता दलका नेता वर्गीय स्वार्थ र भोटको राजनीतिले गर्दा यो सत्य भन्न सक्दैनन् तर, भोलि इतिहासले यो कुरा साबित गर्नेछ’, पुनले भने, ‘महिलाका, जनजातिका, मधेसका सुदूरपश्चिमका, कर्णालीलाई अधिकार सम्पन्न गराउने र ती समुदाय र क्षेत्रमा जागरण आएको कुरा गर्दा यो त माओवादीले गरेको हो भन्ने मानिसहरू धेरै छन् । राज्यका सबै संरचना हेरफेर कसले गरेको हो भन्दा माओवादीले भन्ने स्वीकार्छन् । यो उपलब्धीको फाइदा खान पनि तयार छन् । तर, माओवादीलाई नेतृत्व स्वीकार गर्दैनन् । किनकी यसमा सबैको आफ्नो वर्ग स्वार्थ छ ।’

    फरक प्रसंगमा पुनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताबारे सघन छलफल चलिरहेको खुलाए ।

    Post Views: 436
    • जनार्दन शर्मा
    • नेकपा माओवादी केन्द्र
    • प्रचण्ड
    • वर्षमान पुन
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.