• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

जसले क्यानभासमा पोते मुस्ताङको ऋषि गुम्बा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार १५:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    गण्डकी– नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्दै आएका प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उतारेका छन् ।

    ठकुरीले आफ्नो त्रिकोण क्यानभासमा थकाली जातिको भगवान मानिने ऋषि गुम्बा उतारेका हुन् । बहुविविधताले सजिएको नेपाल आफैँमा सम्भावना बोकेको क्षेत्र भए पनि यसको उजागर गर्न नसकिएको वास्तविकतालाई दृष्टिगत गर्दै कलाका माध्यमबाट यसको गरिमा र महिमालाई उँचो बनाउन तत्तत् ठाउँमा पुगेर कला सिर्जना गर्ने महाअभियानका साथ ऋषि गुम्बा समेटिएको उनले जानकारी दिए ।

    देशका विभिन्न स्थानका सौन्दर्यतालाई कलामा उतार्दै नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले बताए । उनले हालसम्म ७७ जिल्लाका झण्डै १५० बढी ऐतिहासिक सम्पदास्थललाई क्यानभासमा उतारेका छन् ।

    नेपाल कलायात्रा पुस्तक विश्वको सबै भाषामा प्रकाशन गर्ने लक्ष्य उनको छ । “यो पुस्तक हरेक देशको विश्वविद्यालय र पुस्तकालयमा सोही देशको मातृभाषामा कम्तीमा पाँच सय प्रति निःशुल्क वितरण गर्ने योजना छ”, उनले भने, “यी पुस्तकको स्वअध्ययन गरेर नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको सङ्ख्या वृद्धि भइ त्यसबाट नेपालको पर्यटन फस्टाउने र आर्थिक समुन्नतितर्फ जाने विश्वास लिएको छु ।”

    उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष), २०६९  दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९  सान्त्वना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिष्ट सङ्घ, केन्द्रीय समिति, राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दर्जनौँ पटक सम्मानित भइसकेका छन् । कला विषयमा स्नातकोत्तर गरेका उनले १२औँ पटकसम्म एकल कला प्रदर्शनी गरेका छन् ।

    यस महाअभियानमार्फत नेपाल कला यात्रा पुस्तक प्रकाशनार्थ स्वेच्छिक रुपमा जनही रु एक सय एवं सोभन्दा बढी सहयोग गर्नेहरू रहेको जानकारी दिए । सहयोगदाताहरू नेपाल कला यात्रा पुस्तकको प्रकाशकका रुपमा रहने बताउँदै उनले हालसम्म रु एक लाख ६० हजारभन्दा बढी सहयोग सङ्कलन भइसकेको जानकारी दिए । रासस

    Post Views: 265
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.