• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार १४:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    टोकियो- जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ ।

    रोजगारीमा रहेका व्यक्तिहरुको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ ।

    बेरोजगारमध्ये आठ लाख व्यक्तिले स्वेच्छाले जागिर छाडेका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि हो । त्यसैगरी, कम्पनीबाट हटाइएका व्यक्तिहरुको संख्या घटेर तीन लाख ५० हजारमा पुगेको छ, जुन १४.६ प्रतिशतले कम हो ।

    स्वास्थ्य, श्रम तथा जनकल्याण मन्त्रालयले सार्वजनिक गरेको छुट्टै विवरणअनुसार, रोजगारीको उपलब्धता दर ०.०२ अंकले घट्दै १.२२ मा झरेको छ । यसले प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि १२२ रोजगारीका अवसर उपलब्ध रहेको देखाएको छ ।

    एक सरकारी अधिकारीका अनुसार, केही कम्पनीहरूले अमेरिकी प्रशासनले लगाएका नयाँ भन्सार शुल्क (टैरिफ) को प्रभाव अझै स्पष्ट नभएको भन्दै नयाँ कर्मचारी भर्ना प्रक्रियामा संकोच देखाएका छन् । (सिन्ह्वा)

    Post Views: 288
    • जापान
    • बेरोजगार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.